एनपीएल : काठमाडौं गोर्खाजले टस जित्यो, पोखरालाई ब्याटिङको निम्तो
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको दोस्रो खेलमा काठमाडौं गोर्खाजले पहिले बलिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा काठमाडौंका कप्तान करण केसीले जित निकाल्दै पोखरा एभेन्जर्सलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।
अंकतालिकामा काठमाडौं गोर्खाज तेस्रो स्थानमा रहेको छ। काठमाडौं आजको खेल जित्दै शीर्ष दुईमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रिएको छ। यता अंकतालिकाको पुछारमा रहेको पोखरा एभेन्जर्स भने यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको छ।