चितवनविरुद्ध कर्णाली पहिले ब्याटिङ गर्दै
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा भएको टसमा कर्णाली याक्सले जित हासिल गर्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।
चितवन राइनोज यसअघि नै प्रतियोगिताको प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ भने कर्णाली याक्स प्लेअफ दौडबाट बाहिरिसकेको छ । प्रतियोगिताको बाँकी खेलमा चितवन जितको लय कायम राख्ने लक्ष्यमा रहँदा कर्णाली सुखद अन्त्य गर्ने प्रयासमा हुनेछ ।