एनपीएलमा आज दुई खेल हुँदै, विराटनगरले पोखरा र कर्णालीले लुम्बिनीसँग खेल्ने
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन्।
आज पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।
जारी प्रतियोगितामा पाँच खेल खेलेको विराटनगर ४ अंकसहित तालिकाको छैटौँ स्थानमा छ। समान खेल खेलेको पोखरा २ अंकसहित तालिकाको अन्तिम स्थानमा रहेको छ।
यस्तै, आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स भिड्नेछन्। यी दुई टोलीबीचको खेल अपराह्न ५ बजे सुरु हुनेछ।
पाँच खेलबाट ४ अंक जोडेको कर्णाली तालिकाको सातौँ स्थानमा छ भने ७ अंकसहित लुम्बिनी तेस्रो स्थानमा रहेको छ।
प्लेअफको सम्भावना कायम राख्न कर्णालीलाई आजको खेल महत्वपूर्ण रहेको छ।