मकवानपुरको भीमफेदीमा यात्रुवाहक इभी गाडी ५०० मिटर तल खस्यो
मकवानपुरको भीमफेदीमा यात्रुवाहक विद्युतीय गाडी दुर्घटना भएको छ।
भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा बिहीबार बिहान गाडी दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहान करिब ५ः४५ बजे काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी सडकबाट करिब ५०० मिटर तल खसेको छ।
दुर्घटनाग्रस्त गाडीमा चालकसहित १३ देखि १४ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली उद्धारमा खटिएको छ।
दुर्घटनामा मानवीय क्षति भए–नभएकोबारे यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।