जनकपुरलाई २७ रनले हराउँदै सुदूरपश्चिमको सानदार जित
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको थियो।
१२१ रनको लक्ष्य पछ्याएको जनकपुर १९.५ ओभरमा ९३ रनमै समेटियो।
जितसँगै सुदूरपश्चिमले आठ अंक जोड्दै प्रतियोगिताको शीर्ष चारमा पर्ने सम्भावना बलियो बनाएको छ।