विदेश भ्रमणबारे मौद्रिक नीति : आर्थिक विधेयकविपरीत खर्चको सीमा किन बढाइयो ?
विदेश भ्रमणबारे आर्थिक विधेयक र मौद्रिक नीतिको व्यवस्था एक आपसमा बाझिएको छ । सरकारको वित्त नीति (बजेट) लाई नै समर्थन गर्ने गरी राष्ट्र बैंकले खुकुलो मौद्रिक नीति ल्याइएको बताउँदै गर्दा बजेटमा गरिएको व्यवस्था विपरीत भ्रमण खर्चको सीमा भने बढाएको हो ।
आर्थिक विधेयक, २०८० मार्फत सरकारले विदेश भ्रमणमा जानेहरूबाट ५ प्रतिशत भ्रमण शुल्क उठाउने उद्घोष गरेको छ । यस्तो शुल्क व्यक्तिले साट्ने विदेशी मुद्राबाट असुल्ने सरकारको नीति छ । यसो गर्दा विदेश भ्रमण निरुत्साहित हुने र भ्रमणकै नाममा वर्षेनी बाहिरिइरहेको अर्बौँको नगदमा कमी आउने सरकारको अपेक्षा छ ।