प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो १ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कामकारबाहीबारे छलफल हुने जनाइएको छ।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निजी सचिवालयका अनुसार प्रधानमन्त्री शाहले बुधबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन्। बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयसँगै सरकारका नियमित एजेन्डामाथि छलफल हुने बताइएको छ।