प्रहरी महानिरीक्षक दानबहादुर कार्की पदमुक्त
सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदमुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई हटाएर अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको हो।
सरकारले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले कार्कीमाथि कुनै कारबाही नभएको दाबी गर्दै जिम्मेवारी मात्र हेरफेर गरिएको बताएका छन्।
यद्यपि, उनले प्रहरी नेतृत्व परिवर्तनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समेत निर्देशन आएको उल्लेख गरेका छन्। सरकारको निर्णयसँगै नेपाल प्रहरीको नेतृत्वमा परिवर्तन भएको छ।