यस्तो छ आजको मुद्रा विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले शोमवारकालागि विदेशी मुद्रा विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार,अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६३ पैसा र बिक्री दर १३१ रुपैयाँ २३पैसा रहेको छ।
यस्तै,युरो एकको खरिद दर १४३ रुपैयाँ ९८ पैसा र बिक्री दर १४४, रुपैयाँ ६४ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ २५ पैसा र बिक्री दर १६५रुपैयाँ ०१ पैसा रहेको छ।
शोमबार बेलायती पाउण्ड बढेर आएको छ । हिजो १६२ रुपैयाँ ७१ पैसा खरिद मूल्य र १६३ रुपैयाँ ४६ पैसामा बिक्री गरिएको पाण्ड आज दुई रुपैयाँ बढेर आएको हो ।
त्यस्तै,कतारी रियालको मूल्य सामान्य घटेको छ । आज रियाल एकको खरिद दर ३५ रुपैयाँ ८३ पैसा र बिक्री दर ३५ रुपैयाँ ९९ पैसा तथा साउदी अरवियन रियाल ३४ रुपैयाँ ८३ पैसा रबिक्री दर ३४ रुपैयाँ,९९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।