चितवनमा रास्वपा महाधिवेशन उद्घाटनमा शीर्ष नेताहरू सहभागी हुने
चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन्। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा रास्वपाको निमन्त्रणामा चितवन जाने भएका छन्।
थापा महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुँदै पार्टीलाई सफलताको शुभकामना दिने कार्यक्रम रहेको छ। उनले आज बिहान एक सन्देश जारी गर्दै महाधिवेशन सफल होस् भन्ने शुभकामना व्यक्त गरेका थिए।
उद्घाटन समारोहमा नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली, नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन समेत सहभागी हुने बताइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गर्दै महाधिवेशनलाई व्यापक राजनीतिक सहभागितासहित आयोजना गर्न लागेको छ। यस पटकको महाधिवेशन उद्घाटन समारोहलाई विशेष महत्वका रूपमा हेरिएको छ।