रास्वपा महाधिवेशनस्थल वर्षाले जलमग्न, व्यवस्थापनमा समस्या
चितवनको औद्योगिक प्रदर्शनी स्थलमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनस्थल वर्षाका कारण जलमग्न र हिलाम्ये बनेको छ।
लगातार पानी परेपछि मुख्य मैदानमा पानी जम्दा आयोजकले मोटर प्रयोग गरी पानी हटाउने प्रयास गरिरहेका छन्। हिलोका कारण प्रतिनिधि तथा सहभागीलाई आवतजावतमा समेत कठिनाइ भएको छ।
उद्घाटन सत्र नजिकिँदै गर्दा प्राविधिक तथा स्वयंसेवकहरू व्यवस्थापनमा सक्रिय रहेका छन्।