रास्वपा महाधिवेशन: प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।
आयोगले दाबी–विरोध वा विवरण सच्याउन आवश्यक भए चितवनस्थित महाधिवेशन सचिवालयमा सम्पर्क गर्न आग्रह गरेको छ। नामावली सच्याउने अन्तिम समय असार ८ गते बिहान १० बजेसम्म तोकिएको छ।
यसैबीच आयोगले उम्मेदवारीसम्बन्धी नियम कडा बनाउँदै पहिलेका अधिवेशनमा पराजित भएका सदस्यले राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दिन नपाउने स्पष्ट गरेको छ।