निर्वाचनमा जनताले नै विभेद गर्ने गरेको मन्त्री मोदीको गुनासो
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले जनताले नेता चुन्ने प्रक्रियामा विवेक पुर्याउन नसकेको गुनासो गरेका छन् ।
शुक्रबार नेपाल आयल निगम कर्मचारी संघको नवौंराष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दे मन्त्री मोदीले जनताले कसैलाई भने अन्तरिक्षबाट आएको झै व्यवहार गर्ने कसैलाई पनि जति संघर्ष गरेपनि मतलव नै नगर्ने प्रवृति बढेको गुनासो गरे । उनले यस्मा सत्यतथ्य बुझाउन नसक्ने अग्रज नेताको दोष रहेको पनि बताए ।
उनले भने ‘ सबै तिर फुटै फुटको अवस्था छ, यहाँ चाहिँ त्यस्तो नहोस । सत्य तथ्य कुरा जनतालाई नबुझाउँदा जनमत विग्रन सक्छ । हामी भन्दा उमेरले पाको र हामी भन्दा उमेरले जेठो भएकोहरुलाई युवा नेता देख्छन । सबैले दिन आश्वासन नै हो तर कोही पनि यहाँ अन्तरिक्षाबाट आएका होईनन्, उनीहरु कुनै फ्याक्ट्रीबाट आएका हैनन् । तर उनीहरुले मात्रै गर्छन भन्ने किसिमको बजारमा हल्ला छ । हामी जस्तो क्रान्ति गरेर मृत्युलाई हत्केलामा राखेर तपाईहरुको लागि कसले ग¥र्यो ? अरु पार्टीले पनि त्यसै गरे तर त्यस्को जस छैन् । ’