एमाले सांसद कोइरीको विषयमा विवाद भएपछि केही बेरका लागि संसद बैठक स्थगित
काठमाडौं । फरार अवस्थामा रहेका नेकपाएमालेका सांसद लक्ष्मीमहतो कोइरीको विषयलाई लिएर विवादउत्पन्नभएपछि संसद बैठक स्थगितभएको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा केहीदलका सांसदहरुले सांसद कोइरीको विषयमाप्रश्न उठाएका थिए । पछिल्लो केही समयदेखि संसद वैठकमा अुनपस्थित कोइरीलाई प्रतिनिधिसभाको उद्योग समितिमा राखिएको सूचना सार्वजनिक भएपछि सांसदहरुले समामुखको ध्यानाकर्षण गराएकाथिए ।
सभामुख देवराज घिमिरेले कोइरी लगातार २१ वटा बैठकमा अनुपस्थितभएको र विरामीभएका कारण संसद बैठकमा उपस्थितहुननसकेको जानकारी संसदलाई दिएकाथिए ।
सभामुख घिमिरेले उनीलाई विरामीभएकाले संसदमाअनुपस्थितिभएको जानकारी भएपछि एमालेबाहेकका सांसदले उठेर विरोध जनाएकाथिए ।
विरोधपछि सभामुख घिमिरेले संसद बैठक आधा घण्टाका लागि स्थगित गरेका जानकारी गराएकाथिए ।
एमाले सांसद कोइरीको विषयमा विवाद भएपछि केही बेरका लागि संसद बैठक स्थगित
काठमाडौं । फरार अवस्थामा रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर विवाद उत्पन्न भएपछि संसद बैठक स्थगित भएको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा केही दलका सांसदहरुले सांसद कोइरीको विषयमा प्रश्न उठाएका थिए । पछिल्लो केही समयदेखि संसद वैठकमा अुनपस्थित कोइरीलाई प्रतिनिधिसभाको उद्योग समितिमा राखिएको सूचना सार्वजनिक भएपछि सांसदहरुले समामुखको ध्यानाकर्षण गराएका थिए ।
सभामुख देवराज घिमिरेले कोइरी लगातार २१ वटा बैठकमा अनुपस्थित भएको र विरामी भएका कारण संसद बैठकमा उपस्थित हुन नसकेको जानकारी संसदलाई दिएका थिए ।
सभामुख घिमिरेले उनीलाई विरामी भएकाले संसदमा अनुपस्थिति भएको जानकारी भएपछि एमालेबाहेकका सांसदले उठेर विरोध जनाएका थिए ।
विरोधपछि सभामुख घिमिरेले संसद बैठक आधा घण्टाका लागि स्थगित गरेका जानकारी गराएका थिए ।