मकवानपुर बहुमुखी क्याम्पसमा अखिललाई हराउदै पहिलोपटक अखिल क्रान्तिकारी विजयी
मकवानपुर बहुमुखी क्याम्पस हेटौंडामा एमाले निकट अखिलको विरासत भत्किएको छ ।
सधैं अखिल विजयी भएको क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनबाट सभापतिमा अखिल क्रान्तिकारीका छोइसाङ लामा अध्यक्ष निर्वाचित भएका छन् ।
सोमबार बिहान प्राप्त अन्तिम मतपरिणामअनुसार उनले ८१३ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका नवराज शर्मा पौडेलले ६८२ मत प्राप्त गरे ।
यसअघिका सबै स्ववियु चुनावमा अनेरास्ववियुले नेतृत्व गर्दै आएको मकवानपुर बहुमुखी क्याम्पसमा पहिलोपटक अखिल क्रान्तिकारीले अनेरास्ववियुको विरासत भत्काएको छ ।