खुमलटार यूथ क्लबलाई हराउँदै 'ए' डिभिजन लिगमा थ्री स्टारको पहिलो जित
खुमलटार यूथ क्लबलाई हराउँदै थ्री स्टार क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । थ्री स्टारले खुमलटार यूथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै जारी लिगमा पहिलो जित निकालेको हो ।
निकै प्रतिष्पर्धात्मक बनेको खेलमा थ्री स्टारले दोस्रो हाफमा मात्र गोल निकाल्न सफल भएको थियो । थ्री स्टारको जित अजयी मार्टिन्सले नै दुई गोल गरेका हुन् ।