युएईविरुद्ध नेपालले टस जितेर रोज्यो फिल्डिङ
कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
नेपाल र युएईबीचको खेल दोहास्थित विज्ञान तथा प्रविधि विश्वविद्यालयको मैदानमा भइरहेको छ । दुवै टोली प्रतियोगितामा पहिलो जितको खोजीमा छन् ।
नेपाल पहिलो खेलमा भारत ‘ए’ सँग ३०६ रनले पराजित भएको थियो । भारतले दिएको ३३३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २६ रनमै अलआउट भएको थियो ।
नेपाल आज युएईलाई हराउँदै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा छ । नेपालको समूह चरणमा पाकिस्तान ‘ए’ सँग पनि खेल बाँकी छ ।