श्रीलंका ‘ए’ राइजिङ स्टार्सको फाइनलमा, भारत ‘ए’ ८ विकेटले पराजित
काठमाडौं । श्रीलंका ‘ए’ ले भारत ‘ए’ लाई ८ विकेटले पराजित गर्दै एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ।
बिहीबार राति कतारको दोहास्थित वेस्ट इन्ड पार्कमा भएको पहिलो सेमिफाइनलमा भारतले दिएको ३१८ रनको लक्ष्य श्रीलंकाले ४१.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
श्रीलंकाको जितमा ओपनर लसिथ क्रुसपुलेले ११६ र सिनेथ जयवर्द्धनेले १०५ रनको शतकीय पारी खेले। दुवैले पहिलो विकेटका लागि १७४ रनको साझेदारी गरेका थिए। प्लेयर अफ द म्याच जयवर्द्धनेले ७० बलमा शतक पूरा गरेका थिए।
त्यस्तै, निशान मदुष्का ५८ र कप्तान पवन रत्नायके ३१ रनमा अविजित रहे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रन बनाएको थियो। भारतका अभिषेक शर्माले ७८, शाहबाज अहमदले अविजित ५४ र कप्तान तिलक वर्माले ५३ रन बनाए।
बलिङतर्फ श्रीलंकाका निपुन धनञ्जय, रविन्दु फर्नान्डो र जनिथ लियानागेले समान दुई विकेट लिए।