नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा दिउँसो १ बजे बैठक बस्ने तय भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।
कार्यवाहक मुख्यसचिव दुलालका अनुसार स्थानीय तह निर्वाचन केन्द्रित अभियान ‘हामी तयार छौँ’ अन्तर्गत केन्द्रीय नेताहरूका विचार तथा सुझाव बैठकमा समेटिनेछन् । बैठकमा उक्त अभियानलाई प्रभावकारी बनाउने विषयमा नेताहरूले आफ्ना धारणा तथा सुझाव प्रस्तुत गर्ने बताइएको छ ।