नेपाली बजारमा सुन तोलामा २ हजार र चाँदी २० रुपैयाँले बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ र चाँदीको २० रुपैयाँले वृद्धि भएको हो ।
महासङ्घका अनुसार आज सुन प्रतितोला २ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला ३ हजार २१५ रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।