कुवेतको हवाई क्षेत्रमा ड्रोन आक्रमण, प्रतिरक्षा प्रणाली सक्रिय
कुवेतको सेनाले देशको हवाई क्षेत्रमा शत्रुतापूर्ण ड्रोन आक्रमणको सामना गर्न हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरेको जनाएको छ।
कुवेती सेनाले सामाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति जारी गर्दै प्रतिरक्षा प्रणालीले ड्रोन आक्रमण निष्क्रिय पार्ने प्रयास गरिरहेको जानकारी दिएको हो।
सेनाको जनरल स्टाफका अनुसार देशका विभिन्न क्षेत्रमा सुनिएका विस्फोटका आवाज ड्रोन आक्रमण रोक्ने क्रममा हवाई प्रतिरक्षा प्रणाली सञ्चालन हुँदा उत्पन्न भएका हुन्।
बीबीसी फारसीका अनुसार इरानी सञ्चारमाध्यमले अरब स्रोतलाई उद्धृत गर्दै कुवेतका विभिन्न स्थानमा विस्फोट भएको खबर सार्वजनिक गरेका छन्।
यसअघि इरानले बहराइनस्थित अमेरिकी रडार केन्द्रहरूमा आक्रमण गरेको घोषणा गरेको थियो। इरानले खाडी क्षेत्रका केशम र सिरिकलगायत तटीय क्षेत्रमा अमेरिकाले गरेको हवाई आक्रमणको जवाफस्वरूप उक्त कारबाही गरिएको दाबी गरेको थियो।
इरानले आफ्नो भूमिमा आक्रमण भए क्षेत्रीय सीमाबाहिर रहेका अमेरिकी सैन्य अखडालाई समेत निशाना बनाउन सक्ने चेतावनी दिँदै आएको छ।