इनम सापकोटा प्रकरणमा अप्रमाणित सूचना सार्वजनिक नगर्न प्रहरीको आग्रह
जिल्ला प्रहरी परिसर काठमाडौँले इनम सापकोटासमेत संलग्न मुद्दाको अनुसन्धान प्रभावित पार्ने गरी सञ्चारमाध्यममा अप्रमाणित विषय सार्वजनिक भएको भन्दै ध्यानाकर्षण गराएको छ।
परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक दानबहादुर थापाद्वारा जारी प्रेसविज्ञप्तिमा अनुसन्धान अधिकारीको हवाला दिँदै अनुसन्धानसँग असम्बन्धित मोबाइल लोकेसनलगायतका विषय सार्वजनिक गरिएकोप्रति आपत्ति जनाइएको छ।
प्रहरीले प्रचलित कानुन र विधिअनुसार अनुसन्धानका संवेदनशील विवरण तथा प्रमाण कुनै पनि पक्षलाई उपलब्ध नगराइएको स्पष्ट पारेको छ।
अनुसन्धानको निष्पक्षता र गोपनीयता कायम राख्न प्रहरी प्रतिबद्ध रहेको जनाउँदै आधिकारिकता पुष्टि नगरी यस्ता सामग्री सम्प्रेषण गर्दा जनमानसमा भ्रम सिर्जना हुन सक्ने भएकाले सचेत रहन पनि आग्रह गरेको छ।