अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको छ। अर्थ मन्त्रालयमा आज भएको भेटमा नेपाल–भारतबीचको आर्थिक सम्बन्ध तथा आपसी सहकार्यका विभिन्न विषयमा छलफल भएको हो।
भेटमा अर्थसचिव डा. घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।
भेटका क्रममा दुई देशबीच आर्थिक सहकार्यलाई थप मजबुत बनाउनेलगायतका विषयमा कुराकानी भएको बताइएको छ। यद्यपि, भेटमा भएका छलफलका विषय तथा निष्कर्षबारे थप विस्तृत विवरण सार्वजनिक गरिएको छैन।