सबै धर्म र संस्कृतिको संरक्षण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
प्रधानमन्त्री वालेन्द्र शाहले सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति र समृद्धिको शुभकामना दिएका छन्।
प्रधानमन्त्री शाहले छठ पर्वले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्ने प्रेरणा दिने उल्लेख गरेका छन्। उदाउँदो सूर्यसँगै अस्ताउँदो सूर्यलाई पनि समान श्रद्धाका साथ अर्घ्य दिने परम्पराले जीवनको गहिरो दर्शन सिकाउने उनको भनाइ छ।
उनले छठ पर्वले देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको सङ्कल्प पूरा गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरेका छन्।
शुभकामना सन्देशको अन्त्यमा उनले मैथिली भाषामा पनि छठ पर्वको शुभकामना व्यक्त गरेका छन्।