कोप–३१ मा मन्त्री चौधरीद्वारा हिमाली मुद्दालाई प्राथमिकता दिन जोड
टर्कीको अन्टाल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सम्हालेकी छन्।
नोभेम्बर १४ देखि नेतृत्व सम्हालेकी मन्त्री चौधरीले अस्ट्रेलियाका जलवायु परिवर्तन तथा ऊर्जा मन्त्री क्रिस बोवेनसँग भेटवार्ता गर्दै नेपालको जलवायु प्राथमिकताबारे छलफल गरेकी छन्।
भेटमा उनले महासागरसम्बन्धी मुद्दालाई कोपको छलफलमा महत्त्व दिनुका साथै नेपाल, किर्गिस्तान र भुटानको सहकार्यमा हिमाली मुद्दालाई प्राथमिकता दिनुपर्ने बताइन्।
उनले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका चुनौतीलाई कोपको छलफल तथा निर्णय प्रक्रियामा समेट्न र अन्तिम दस्ताबेजमा हिमालसम्बन्धी विषय समावेश गर्न जोड दिएकी छन्।
मन्त्री चौधरीले उठाएका विषयमा कोप अध्यक्षले सकारात्मक प्रतिक्रिया दिँदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको जनाइएको छ।