पाकिस्तानमा सुरक्षा कारबाहीमा दुई सैनिकसहित १८ जनाको मृत्यु
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले गरेको कारबाहीमा दुई सैनिकसहित १८ जनाको मृत्यु भएको छ।
सेनाको सञ्चार शाखा आईएसपीआरका अनुसार उत्तर वजिरिस्तान जिल्लाका विभिन्न क्षेत्रमा गरिएको कारबाहीमा १६ जना लडाकु मारिएका हुन्।
अली खेल क्षेत्रमा भएको मुठभेडमा १२ जना तथा मिर अली र दत्ता खेल क्षेत्रमा भएको छुट्टाछुट्टै कारबाहीमा दुई–दुई जना लडाकु मारिएका थिए।
कारबाहीका क्रममा हातहतियार तथा गोलीगठ्ठासमेत बरामद गरिएको सेनाले जनाएको छ। मारिएका लडाकु विभिन्न आतंकवादी गतिविधिमा संलग्न रहेको सेनाको दाबी छ।