ललितपुरको युएन पार्कअगाडि भवनमा आगलागी
ललितपुर महानगरपालिका वडा नम्बर १० को कार्यालयसँगै रहेको एक घरमा आगलागी भएको छ। शनिबार दिउँसो वडा कार्यालयको देब्रेपट्टि रहेको भवनमा आगलागी भएको हो। युएन पार्कको ठीक अगाडि अवस्थित उक्त भवनमा ‘सेकुवालय’ नामको रेस्टुरेन्ट सञ्चालनमा रहेको थियो।
आगलागीपछि दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको प्रहरी परिसर जावलाखेलले जनाएको छ। प्रहरीका अनुसार आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ। आगलागीबाट भएको क्षति तथा घटनाको कारणबारे भने थप विवरण आउन बाँकी छ।