एनपीएल : काठमाडौंले गुमायो दोस्रो विकेट, साहिल पटेल ८ रनमा आउट
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा चितवन राइनोजविरुद्ध काठमाडौं गोर्खाजले दोस्रो विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर चितवनले पहिले फिल्डिङ रोजेपछि काठमाडौं ब्याटिङमा उत्रिएको हो।
खेलको ३ ओभर ५ बलमा काठमाडौंका साहिल पटेल आउट भएका हुन्। रिजन ढकालको बलमा आउट हुनुअघि उनले १२ बलमा ८ रन बनाए।
अंकतालिकामा ६ अंकसहित काठमाडौं दोस्रो स्थानमा छ भने ५ अंक जोडेको चितवन चौथो स्थानमा रहेको छ।