सल्यानमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक घाइते
सल्यानको बागचौर नगरपालिकामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।
बागचौर नगरपालिका–१० स्थित सडकमा गएराति करिब १ः३० बजे रा १ ह ६१२६ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५५ मिटर तल खसेको थियो। दुर्घटनामा परी छत्रेश्वरी गाउँपालिका–५, सिर्बाली निवासी ३५ वर्षीय रेशम राउतको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका अटो चालक बागचौर नगरपालिका–१०, माथिल्लो मोखोला निवासी निर्मल कवर मगरलाई उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।