पृथ्वी राजमार्गमा सडक भासिने क्रम नरोकिएपछि आवागमन बन्द
चितवन — निरन्तरको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा सडक भासिने क्रम नरोकिएपछि सवारी आवागमन बन्द गरिएको छ।
धारापानी क्षेत्रमा सडक लगातार भासिँदै गएपछि राजमार्गमा यातायात सञ्चालनमा रोक लगाइएको हो। वर्षा नरोकिएकाले सडक थप भासिने जोखिम कायमै रहेको बताइएको छ।
सडक भासिएपछि पृथ्वी राजमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन्। सम्भावित दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै सडकखण्डमा सवारी आवागमन बन्द गरिएको हो।
निरन्तरको वर्षाका कारण सडक तथा आसपासका क्षेत्रमा थप क्षति हुनसक्ने भएकाले यात्रुलाई सावधानी अपनाउन आग्रह गरिएको छ।