‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाम फेर्न रास्वपा प्रवक्ता खरेलको माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता तथा सांसद जगदीश खरेलले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाम परिवर्तन गरी ‘प्रधानमन्त्री विपद् राहत कोष’ राख्न माग गरेका छन् ।
दैवी प्रकोप नभई विपद् प्राकृतिक वा मानव सिर्जित हुने भन्दै उनले कोषको नाम परिवर्तन गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका हुन् ।
खरेलले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वसमेत परिवर्तन गर्न माग गरेका छन् । सहसचिवस्तरको नेतृत्वले प्राधिकरणको जिम्मेवारी धान्न नसक्ने उनको भनाइ छ ।