तीर्थयात्री सवार बस बाढीले बगायो, पाँच जना सम्पर्कमा
रसुवा — गोरखाको पालुङटारबाट रसुवाको गोसाइँकुण्डतर्फ जाँदै गरेको तीर्थयात्री सवार बस लेन्दे खोलामा आएको बाढीले बगाएको छ। बसमा करिब ३८–३९ जना सवार रहेको बताइएको छ।
ग२ख ११५२ नम्बरको बस बुधबार राति करिब २ बजे पालुङटारबाट गोसाइँकुण्डका लागि प्रस्थान गरेको थियो। बेत्रावती पुगेका बेला अचानक आएको बाढीले बस बगाएको र बसमा सवार पाँच जना यात्रुले हामफालेर ज्यान जोगाएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार बसबाट हामफालेर बाँच्न सफलमध्ये एक महिलाले गोरखामा रहेका आफन्तलाई घटनाबारे जानकारी गराएपछि प्रहरीले घटनाको जानकारी पाएको हो।
प्रहरीका अनुसार बाढीले बगाएको बस र त्यसमा सवार अन्य यात्रुको अवस्था अहिलेसम्म अज्ञात छ। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरी तथा आफन्तबाट प्राप्त विवरणअनुसार बसमा सवार यात्रुको नामावलीमा:
१. सागर देवकोटा
२. राममाया देवकोटा
३. रविन्द्र देवकोटा
४. पदमकुमारी देवकोटा
५. तारा रानाभाट
६. पार्वती न्यौपाने
७. रामहरि देवकोटा
८. रामहरि देवकोटाकी श्रीमती
९. सुजाता कौडल
१०. विवरण खुल्न बाँकी
११. दुर्गादेवी देवकोटा
१२. तुलाराम देवकोटा
१३. तुलाराम देवकोटाकी श्रीमती
१४. कृष्णकला देवकोटा
१५. मायादेवी देवकोटा
१६. नानुमाया थापा
१७. रविन्द्र देवकोटाकी आमा
१८. पुरकोट (बाबुराम बुवाकी श्रीमती)
१९. शारदा देवकोटा
२०. हरि देवकोटा
२१. बद्रीप्रसाद देवकोटा
२२. मिठुमाया अग्माइन
२३. घनश्याम देवकोटा
२४. घनश्याम देवकोटाकी श्रीमती
२५. सम्झना देवकोटा
२६. सुष्मा न्यौपाने पोखरेल
२७. मायादेवी खड्का
२८. बाबुराम देवकोटा
२९. केदार पण्डित
३०. सरिता अधिकारी पण्डित
३१. मधुमाया पण्डित
३२. कमला पण्डित
३३. नानु थापा
३४. मुरारी खत्री
३५. दिलबहादुर खत्री
प्रहरीले घटनास्थलमा खोज तथा उद्धारलाई तीव्र बनाएको जनाएको छ। बाढीमा परेको बस तथा यात्रुको यकिन अवस्थाबारे थप विवरण आउन बाँकी छ।