सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढ्यो
स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढ्दा चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ९८० रुपैयाँ पुगेको छ।
यसअघि मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला तीन हजार ९७० रुपैयाँ कायम रहेको थियो। मंगलबारको तुलनामा बुधबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको महासङ्घले जनाएको छ।