प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधिसभाको मंगलबारका लागि तय भएको बैठक विशेष कारणवश स्थगित भएको छ।
सङ्घीय संसद् सचिवालयका अनुसार २०८३ भदौ ९ गते मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक उक्त समयमा बस्न नसक्ने भएपछि स्थगित गरिएको हो।
प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले अर्को बैठक भदौ १० गते बुधबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेका छन्।
सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा विशेष कारणवश मंगलबारको बैठक बस्न नसक्ने उल्लेख गरिएको छ।
यसअघि प्रतिनिधिसभाको भदौ ९ गतेको बैठकका लागि विभिन्न विधेयकमाथि छलफल तथा निर्णयका कार्यसूची तय गरिएको थियो।
अब ती कार्यसूची बुधबारको बैठकमा अघि बढ्ने अपेक्षा गरिएको छ।