पर्सामा ट्र्याक्टरबाट खसेर किचिँदा १७ वर्षीय किशोरको मृत्यु
पर्सा । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित दुधेश्वरनाथ महादेव मन्दिर नजिक ट्र्याक्टरले किच्दा १७ वर्षीय किशोरको मृत्यु भएको छ।
मृत्यु हुनेमा बाराको विश्रामपुर गाउँपालिका–५ इटियाही टोलका आकाश राम रहेका छन्। मंगलबार ट्र्याक्टरबाट खसेका रामलाई सोही ट्र्याक्टरले किचेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
ट्र्याक्टरले किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
घटनापछि ट्र्याक्टर चालक फरार भएका छन्। प्रहरीले फरार चालकको खोजी भइरहेको जनाएको छ।