रास्वपा रुकुम पश्चिमको सभापतिमा द्रोण खड्का निर्वाचित
द्रोण खड्का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पश्चिमको सभापतिमा निर्वाचित भएका छन्। आइतबार भएको निर्वाचनमा उनले ४२ मत प्राप्त गर्दै प्रतिस्पर्धी पुस्तक चन्दलाई पराजित गरेका हुन्। चन्दले ३० मत पाएका थिए।
निर्वाचनबाट उपसभापतिमा रिम प्रसाद शर्मा, सचिवमा दीपेन्द्र राज विष्ट र सहसचिवमा प्रेम बाँठा मगर निर्वाचित भएका छन्।