सर्वदलीय बैठकमा कांग्रेसबाट दुई नेता सहभागी
रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र डा. शाहजान खातुन सहभागी भएका छन्।
प्रतिनिधिसभामा देखिएको गतिरोध अन्त्यका लागि सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाहलमा बैठक बोलाइएको हो। प्रधानमन्त्री बालेन्द्र शाहको भारत–नेपाल सीमा सम्बन्धी अभिव्यक्तिपछि उत्पन्न राजनीतिक विवादबारे बैठकमा छलफल भइरहेको छ।