स्वास्थ्यका कारण प्रचण्ड सर्वदलीय बैठकमा नजाने
पुष्पकमल दाहाल स्वास्थ्य समस्याका कारण रास्वपाले बोलाएको सर्वदलीय बैठकमा सहभागी नहुने भएका छन्। निमोनियाबाट हालै निको भएका प्रचण्डले आरामका लागि घरमै बस्ने निर्णय गरेका हुन्।
उनको स्थानमा माधव कुमार नेपाल र वर्षमान पुन बैठकमा सहभागी हुनेछन्। यस्तै, गगन थापा पनि बैठकमा नजाने भएका छन्। रास्वपा सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफलका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन्।