बागमतीसहित ३ प्रदेशमा आज मेघगर्जन/चट्यांग र मध्यम वर्षा-हावाहुरीको सम्भावना
काठमाडौं । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ।
शुक्रबार बिहान देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको हो । त्यस्तै, बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ। त्यस्तै, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्यांगसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
शुक्रबार दिउँसो भने कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली हुने भएको छ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुने भएको हो।
कोशी, बागमती, गण्डकी प्रदेश र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ। त्यस्तै, मधेश प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको हो ।
शुक्रबार राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने भएको छ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
कोशी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको हो ।