मौलाकाली केबलकार औपचारिकरुपमा सञ्चालनमा, धार्मिक पर्यटनमा टेवा पुग्ने विश्वास
काठमाडौं । पूर्वी नवलपरासीको गैंडाकोट र मौलाकाली जोड्ने १२ सय मिटरको मौलाकाली केबलकार औपचारिकरुपमा सञ्चालनमा आएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वी सोमबार मौलाकाली केबलकारको उद्घाटन गरेका छन् । केबलकारण निर्माण भएसंगै प्रसिद्ध धार्मिक स्थल मौलाकाली मन्दिर जान आउन श्रद्धालुहरुलाई सहज भएको छ ।
केबलकारको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले केबलकार निर्माणले धार्मिक पर्यटनसँगै सांस्कृतिक र आर्थिक रुपान्तरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
आईएमई ग्रुपले निर्माण गरेको मौलाकाली केबलकार एकतर्फी दुरी १२ सय मिटरको छ । १४ वटा डब्बा रहेको केबलकारको एउटा डब्बामा एकैसाथ आठ जना बस्न मिल्छ । ६ वटा स्टेशन टावर राखिएको केबलकार गत बैशाख १ गतेदेखि नै सञ्चालनमा आएपनि औपचारिक उद्घाटन भने आज गरिएको हो ।
मौकाकालीमा आईएमई ग्रुपले केबलकारसहितको सुविधासम्पन्न होटल पनि निर्माण हुँदैछ । बुहव्यवसायिक अवधारणमा अघि बढाइएको यस्को कुल लगानी २ अर्ब बढी भएको आईएमई ग्रुपले जनाएको छ । होटल निर्माण सम्पन्न भएपछि समग्रमा मौलाकालीमा चार सय जनाले नयाँ रोजगारी पनि आईएईको भनाइ छ ।