राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन उद्घाटनमा रवि लामिछाने र बालेन्द्र शाह सँगै उपस्थित
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाह एकैसाथ उपस्थित भएका छन्।
उद्घाटन कार्यक्रममा प्रधानमन्त्री शाह र सभापति लामिछाने सँगै उभिएर प्रतिनिधिहरूलाई अभिवादन गरेका थिए।
कार्यक्रममा बालेन्द्र शाह नेपाली कांग्रेसका सभापति गगन थापा नजिकै बसेका थिए भने बालेन्द्र शाहको नजिकै रवि लामिछाने बसेका थिए।