रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज अपराह्न बस्ने भएको छ ।
आजको बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने वा नहुने बारेमा निर्णय गर्नेछ ।
गत वैशाख १० गते भएको उपनिर्वाचनबाट पार्टी सभापति लामिछाने पुनः निर्वाचित भएर आए पछि आज दोस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री दाहालले सरकारमा सहभागी हुनका आग्रह गरिसकेपनि रास्वपाले कुनै प्रतिक्रिया नदिएको अवस्थामा उक्त बैठक बस्न लागेको हो ।