राजेन्द्र लिङ्देनको टिप्पणी: ‘जनताले दलभन्दा बाहिर गएर मत दिए’
काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्ला निर्वाचनमा मतदाताले राजनीतिक दल र संगठनको सीमाभन्दा बाहिर गएर मतदान गरेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले जनताको निराशा चिर्नेगरी काम गर्नुपर्ने आवश्यकता औंल्याए। उनले मतदाताले परम्परागत राजनीतिक संरचनाभन्दा फरक ढंगले निर्णय गरेको दाबी गरे।
लिङ्देनले विभिन्न राजनीतिक विचारधाराका मतदाताले समेत एउटै दललाई समर्थन गरेको उल्लेख गर्दै आगामी दिनमा जनताको विश्वासलाई निराशामा बदल्न नहुने बताए। उनले राजनीतिक दलहरूलाई जनअपेक्षा अनुसार काम गर्न आग्रह गरे।