सर्वोच्च अदालतको आदेशले लाल आयोगको प्रतिवेदन रोकिएको हो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डले सर्वोच्च अदालतको आदेशले लालआयोगको प्रतिवेदन सार्वजनिकनभएको बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले सोधेको थरुहट आन्दोलनको जगमा उठेको नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा छ । नाउपाको मागबमोजिमलालआयोगको रिपोर्ट सरकारले सार्वजनिक गर्छ कि गर्दैन् ? गर्छ भने कहिले सम्म गर्छ ?प्रश्नको उत्तरमादिदैंप्रधानमन्त्रीदाहालले सर्वोच्च अदालतले लालआयोगको प्रतिवेदनप्रकाशितनगर्नु भनि फैसला गरेको जानकारी गराए ।
उनले भने ‘ लालआयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने भित्र पर्छु म ?त्यो प्रतिवेदन सार्वजनिकगरिनुपर्छ भन्ने भित्र पर्छु तर त्यसलाई कुन रुपमा कसरी सार्वजनिकगर्ने विषयमा छलफल हुँदै गर्दा सूचनाआयोगले सर्वोच्चअदालतमात्यो विषयमा मुद्धा दिएपछि अदालतले हालत्यो प्रतिवेदनप्रकाशितनगर्नु भनि फैसलागरेको जानकारी गराउँदछु । अहिले पनिहामीअदालतको फैसलालाई कुनै किसिमले पुनरावेदन गराएर त्यसलाई खुला गरेपछि लालआयोगको प्रतिवेदन सार्वजनिकगर्नुपर्छ भन्ने मेरो मान्यता छ । ’