संसदलाई प्रभावकारी बनाउन तीन दलका नेता र प्रमुख सचेतक सकारात्मक
सकारात्मककाठमाडौं । प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डको आव्हानमा संघीय संसदमाप्रतिनिधित्वगर्ने तीन ठूला दलका संसदीयदलका नेता र प्रमुख सचेतकहरूबीच छलफल भएको छ।
आइतबार बिहानप्रधानमन्त्रीनिवास बालुवाटारमाभएको छलफल जारी संसद अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समितिहरू गठन गर्ने विषयमा केन्द्रित रहेको माओवादी केन्द्रकामुख्य सचेतकहितराज पाण्डेले जानकारी दिए ।
बैठकमा सत्य निरूपण तथा मेलमिलाप सम्बन्धिविधेयकलाई छिटो टुंगोमा पु¥याउन संसदीयउपसमिति गठन गर्ने, संसदीय समितिहरूको नेतृत्व र प्रतिनिधित्व सहमतिकाआधारमागर्ने, संसदीय सुनुवाइ समिति गठन गर्ने लगायतकाविषयमा छलफल भएको थियो ।
संसदलाई प्रभावकारी बनाउन समझदारीका साथ अगाडि बढ्ने विषयमाभएको छलफल सकारात्मक रहेको पनिमुख्य सचेतक पाण्डेले बताए । संसदमा गठन गर्न बाँकीविषयगत समितिहरूको बारेमा र सत्य निरूपणसम्बन्धि विधेयकलाई प्राथमिकतादिएर अगाडि बढाउनुपर्ने विषयमा छलफल भएको पनि पाण्डेले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्रीएवं माओवादी केन्द्रका संसदीयदलका नेतापुष्पकमलदाहाल ‘प्रचण्ड’, नेपालीकांग्रेस संसदीयदलका नेता शेरबहादुर देउवा, नेकपाएमाले संसदीयदलका नेता केपीशर्मा ओली, उपप्रधानएवं रक्षामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रकामुख्य सचेतकहितराज पाण्डे, नेपालीकांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपाएमालेका नेता सुवास नेम्वाङ सहभागीथिए ।
संसदलाई प्रभावकारी बनाउन तीन दलका नेता र प्रमुख सचेतक सकारात्मक काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आव्हानमा संघीय संसदमा प्रतिनिधित्व गर्ने तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकहरूबीच छलफल भएको छ ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल जारी संसद अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समितिहरू गठन गर्ने विषयमा केन्द्रित रहेको माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए ।
बैठकमा सत्य निरूपण तथा मेलमिलाप सम्बन्धि विधेयकलाई छिटो टुंगोमा पु¥याउन संसदीय उपसमिति गठन गर्ने, संसदीय समितिहरूको नेतृत्व र प्रतिनिधित्व सहमतिका आधारमा गर्ने, संसदीय सुनुवाइ समिति गठन गर्ने लगायतका विषयमा छलफल भएको थियो ।
संसदलाई प्रभावकारी बनाउन समझदारीका साथ अगाडि बढ्ने विषयमा भएको छलफल सकारात्मक रहेको पनि मुख्य सचेतक पाण्डेले बताए । संसदमा गठन गर्न बाँकी विषयगत समितिहरूको बारेमा र सत्य निरूपणसम्बन्धि विधेयकलाई प्राथमिकता दिएर अगाडि बढाउनुपर्ने विषयमा छलफल भएको पनि पाण्डेले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका नेता सुवास नेम्वाङ सहभागी थिए ।