शरणार्थी प्रकरण देखाएर अन्य ठूला काण्डहरु लुकाउन खोजियो : नेकाँ बीपी
काठमाडौं । नेपालीकाँग्रेस बीपीकाउपसभापतिरेखाखनालले नक्कली भुटानी शरणार्थी प्रकरण देखाएर अन्यठूला ठूला काण्डहरु लुकाउनखोजिएको आरोप लगाएकी छिन् ।
काठमाडौंस्थितमाईतीघर मण्डलामा भएको भुटानी शरणार्थी प्रकरण विरुद्धकोआन्दोलनमाउनले यस प्रकरणमा देशकोगृहमन्त्रीर गृह सचिव सामेल हुनुको पछि ठूलै सेटिङ भएको दावीगरिन् । उनले प्रधानमन्त्रीसम्मको सेटिङ् नभईकन यस्तो आँट कसैले गर्न सक्छ जस्तो आफुलाई नलागेको पनिबताइन्।
उनले भनिन्, नेपालीहरुको राष्ट्रियता बेचेको अपराध अब नेपालीहरु नजाग्ने हो भने यो प्रकरण देखाएर हाई प्रोफाइललाई हिरासतमा राखेर नेपालीजनताको ध्यानलाई त्यतातिर मोडेर, २, ४ हजार व्यक्तिहरुलाई सडकमा उफारेर केपीओली, प्रचण्ड, देउवा, उनकीपत्नी र हरेक शीर्ष दलका नेताहरुले लुट काण्ड मच्चाएका छन् । तीन पार्टीको सत्तामा धेरै भ्रष्टाचार काण्डहरु छन् । मेरो खोलिस् भने तेरो पनिखोल्छु भनेर जुनबाक्लो भेट भएको छ । प्रकरणमा देशको गृह सचिव, गृहमन्त्रीत्यो भन्दामाथिप्रधानमन्त्रीसम्मको सेटिङ् नभईकन यस्तो आँट कसैले गर्न सक्छ जस्तो लाग्दैन् । केपीओली र उनकीपत्नीसम्मतानिएको छ । ’
उपसभापतिखनालले ‘ यो प्रकरणभ्रष्टाचार मात्रनभइ राज्यद्रोह, राज्यमाथिको अपराधिकरण, नेपालआमाको अस्मिता, नेपालीहरुको राष्ट्रियतालाई अन्तराष्ट्रिय स्तरमाबेच्ने कामभएको भन्दै यसले संसारभरि छरिएका नेपालीहरुको राष्ट्रियतामाथि प्रश्न उठेको र शीर निहुरिएको बताइन् ।
उनले भनिन्, राष्ट्रको ढुकुटीलाई राष्ट्रको उपल्लो तहमा बसेका नेपालीजनताकामतले, नेपालीजनताको भविष्य बनाउछु भनेर भविष्यबिगार्ने लुटेरा दलहरु देशको शीर्ष नेताहरुले ढुकुटी रित्यााउने त थिएत्यो भन्दामाथिको जुनप्रकरण भएको छ यसले नेपाललाई कलंकितबनाएको छ । यो अवस्थामायो प्रकरणलाई भ्रष्टाचार भनिएको छ, यो भ्रष्टाचार मात्रहोईन् । यो राज्यद्रोह, राज्यमाथिको अपराधिकरण, नेपालआमाको अस्मिता, नेपालीहरुको राष्ट्रियतालाई अन्तराष्ट्रिय स्तरमाबेचेर संसारभरि छरिएकानेपालीहरुको राष्ट्रियतामाथि प्रश्नउठेको र शीर निहुरिएको छ । ’
यसैगरी नेपालीकाँग्रेस वीपीका केन्द्रीय सदस्यकर्ण मल्लले अन्तर्राष्ट्रिय मुलुकमानेपालको बद्नामीभएको चर्चा गर्दै पूर्खाले आर्जेकोस्वाभिमान, इज्जतखराब भएको बताए ।
उनले यो घटनाको विरुद्धमा नेपालीजनताले आवाज उठाउनु पर्ने भन्दै सरकारलेसबै फाइलखोलेर कानूनअनुसार कारवाहीगर्नुपर्ने माग गरे ।