उपचारपछि राष्ट्रपति पौडेल स्वदेश फर्किए
राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभपछि आइतवार राती स्वदेश फर्किएका छन् । उनको भातरको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस(एम्स) अस्पालतमा उपचार भइरहेको थियो ।
स्वास्थ्यमा उल्लेख्य सुधारपछि उनी आइतवार नै अस्पतालबाट डिस्चार्ज भएका थिए । त्यसलगतै, उनी नेपाल एयरलाइन्सको नियमति सेवाबाट स्वदेश फर्किएका हुन् । पेट तथा छातीमा समस्या देखिएपछि उनलाई गत ६ बैशाखमा उपचारका लागि दिल्ली लगिएको थियो । त्यसअघि उनलाई महाराजगन्जस्थित शिक्षण अस्पताल भर्ना गरिएको थियो । थप उपचार गर्न शिक्षणले सिफारिस गरेपछि उनलाई दिल्लीस्थित एम्स अस्पताल लगिएको थियो ।