अध्यक्ष ओलीमाथि भएको आक्रमण प्रयासप्रति उपाध्यक्ष पौडेलको आक्रोस : प्रधानमन्त्रीले जवाफ दिनु पर्ने माग
काठमाडौं । एमाले उपाध्यक्ष विष्णु पौडेलले, अध्यक्ष केपी शर्मा ओलीमाथिको आक्रमणको प्रयासबारे एमालेले सरकारसँग जवाफ मागेका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर उनले झापामा मात्रै नभएर हिजो इलामबाट फर्कदैगर्दा समेत बाटोमा एम्बुस थापेर आक्रमणको प्रयास गरिएको भन्दै आक्रोस पोखे ।
‘यो विषयमा प्रधानमन्त्री र गृहमन्त्रीले जवाफ त दिनुहुन्छ । तर, आक्रमणका प्रयास रोकिँदैनन् । गर्न खोजेको के हो ? अब गृहमन्त्रीले संसदलाई दिएको जानकारीले अब पुगेन ।’ उनले भने, ‘यो अपराध कर्ममा संलग्नहरूलाई अविलम्ब कानूनको दायरामा ल्याएर शान्ति सुरक्षाको प्रत्याभूति होस् । अब यो प्रश्नमा गृहमन्त्रीको जवाफले पुग्दैन प्रधानमन्त्रीले नै जवाफ दिनुपर्छ ।’
हाम्रो देशमा सरकार छ कि छैन ?उनको प्रश्न छ ।
सरकारले मौन समर्थन गरेर आक्रमणकारीलाई उक्साउने काम गरिरहेको उनको आरोप छ ,