नीयतह र प्रदेशले सरकारको अनुभुतीगर्न पाएनः डाक्टर देवकोटा
काठमाडौं । राष्ट्रियसभा सदस्यतथा संघीयता विज्ञ डा.खेमलाल देवकोटाले स्थानीयतह र प्रदेशले सरकार छ भन्ने अनुभुतिगर्न नपाएको टिप्पणी गरेका छन् ।
सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले अहिलेसम्म सरकारले प्रहरी समायोजन गर्न नसक्नुमा सरकारी नियतमै खोट दखिएकोबताए ।
‘अहिले पनि स्थानीयतह र प्रदेशले सरकारको अनुभुतिगर्न पाएको छैन । संविधानले निश्चित रुपमा स्थानीयलाई पनि सरकार भन्छ । प्रदेशलाई पनि सरकार भन्छ । तर सरकारको अनुभुति केन्द्रीकृत सोच र मानसिकता केन्द्रीयतहमा छ । नेपाल सरकारमा मैले त्यो पाएको छु । अहिलेसम्मप्रदेशको एकलअधिकार प्रहरीको शान्तिसुरक्षा समायोजन गर्न सकेका छैनौं । मैले सरकारको नियतमाखोट देखेको छु । ’
वर्तमान सरकारले नीतिनियमअनुसार कामनगरेको उनको आरोप छ ।
उनले सरकार केन्द्रिकृत सोच भन्दामाथि उठ्न नसकेको बताए ।