नेपाललाई पीएनजीद्वारा १८० रनको लक्ष्य
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी)ले नेपालाई १८० रनको लक्ष्य दिएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ४९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै १७९ रन बनायो ।